विरेन्द्र बाग:कञ्चनपुर, जेठ ३।नेकपा (एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, आगामी रणनीति तथा जनसमस्यासम्बन्धी विषयमा विस्तृत छलफल गरी महत्वपूर्ण निर्णयहरू पारित गरिएको छ।
बैठकका प्रमुख अतिथि पार्टीकी जिल्ला इन्चार्ज कमरेड निरु देवी पाल रहनुभएको थियो। साथै, केन्द्रीय सदस्य कमरेड किर्पाराम राना, प्रदेश कमिटी सचिव कमरेड रण ब. चन्द, तथा अन्य प्रदेश कमिटी सदस्यहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।
बैठकमा संगठनात्मक समीक्षा, सदस्य विस्तार, पार्टीको नीति कार्यान्वयन तथा जिल्लास्तरीय राजनीतिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरियो। सहभागी नेताहरूले पार्टीलाई जनस्तरमा अझ मजबुत बनाउँदै आगामी राजनीतिक संघर्षमा तयारी गर्न आह्वान गरेका थिए।
बैठकले पारित निर्णयहरू सार्वजनिक गरिँदै आगामी कार्ययोजनाहरू चाँडै नै जनतामाझ पुर्याइने पार्टी स्रोतले जानकारी दिनु भएको छ।

