News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

अनेरास्ववियु कञ्चनपुरको संयोजकमा थापा, पाँच सह–संयोजक चयन

User Photo
शुक्रबार, साउन १७, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग: कञ्चनपुर, साउन १६ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुरको नयाँ जिल्ला कार्यविभाजन सम्पन्न भएको छ। केन्द्रीय समितिबाट सार्वजनिक गरिएको कार्यविभाजन सर्कुलर–२०८२ अनुसार कञ्चनपुरको संयोजक जिम्मेवारी विक्रम थापा लाई दिइएको छ।

 

थापालाई जिल्लामा संगठन सुदृढीकरण, नीतिगत मार्गनिर्देशन तथा नेतृत्व समन्वयको मुख्य जिम्मेवारी दिइएको छ। अनेरास्ववियुका केन्द्रीय तहबाट जारी सर्कुलर अनुसार संगठनलाई थप क्रियाशील, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले उक्त जिम्मेवारी तोकिएको हो।

 

थापासँगै पाँचजना सह–संयोजकहरू पनि नियुक्त गरिएको छन्, जसले संगठनको सामूहिक नेतृत्व प्रणालीलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। सह–संयोजकका रूपमा दीपकराज अवस्थी, देव  साउद, नन्दराज जोशी, बाशुदेव भट्ट, र यशोदा रेग्मी लाई जिम्मेवारी दिइएको छ।

 

यी सह–संयोजकहरू विभिन्न शैक्षिक संस्था, विद्यार्थी अभियान तथा आन्दोलनहरूमा सक्रियता, अनुभव र कार्यदक्षताको आधारमा चयन गरिएको स्रोतले जनाएको छ। उनीहरूले संयोजक थापासँग सहकार्य गर्दै संगठनको कार्यक्रम, आन्दोलन र संगठन विस्तारमा योगदान पुर्‍याउनेछन्।

 

यसैगरी, अनेरास्ववियुले कञ्चनपुर जिल्लाको इन्चार्जको जिम्मेवारी यशु थापालाई दिएको छ। थापालाई केन्द्रीय निर्देशनअनुसार जिल्ला संयोजन, मार्गनिर्देशन र संगठनको सम्पूर्ण संरचनात्मक र राजनीतिक कार्यको निगरानी तथा समन्वयको जिम्मेवारी दिइएको छ।

 

केंद्रीय कमिटीमार्फत गरिएको यो जिम्मेवारी बाँडफाँटले अनेरास्ववियु कञ्चनपुरलाई थप गति दिने विश्वास गरिएको छ।

शैक्षिक अधिकार, लोकतान्त्रिक विद्यार्थी आन्दोलन र समाजवादी विचारधाराको सशक्त प्रवाह गर्न विद्यार्थीहरूमाझ कार्य गर्ने उद्देश्यले नवगठित टिमले छिट्टै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा समेत रहेको जानकारी दिनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.