News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

रास्वपामा बालेन शाहको उदय : रवि लामिछानेपछि दोस्रो वरीयतामा वरिष्ठ नेता

User Photo
आइतवार, पुस २०, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग: कंचनपुर, पौष २० महानगरपालिकाका मेयर बालेन शाह औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शीर्ष नेतृत्वमा प्रवेश गरेका छन्। आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले बालेन शाहलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै **सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’**को जिम्मेवारी दिएको हो।
रास्वपा स्रोतका अनुसार यो निर्णयले पार्टीको शक्ति सन्तुलन मात्र होइन, आगामी राजनीतिक दिशालाई पनि नयाँ मोड दिएको छ। बालेनसहित उनको टिमबाट २६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ, जसलाई पार्टीभित्र ‘नयाँ धारको संस्थागत प्रवेश’का रूपमा हेरिएको छ।

बालेनको टिमबाट सुनिल लम्साल महामन्त्रीमा नियुक्त भएका छन् भने भूपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल पार्टीको सचिवालय सदस्य बनेका छन्। यो टोलीलाई संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिलाई निर्णायक तहमा पुर्‍याउने जिम्मेवारी दिइएको बताइएको छ।

त्यसैगरी केन्द्रीय सदस्यमा लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद मनोनीत भएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार बालेन शाहको रास्वपा नेतृत्वमा औपचारिक प्रवेशले पार्टीलाई शहरी मतदाता, युवा पुस्ता र वैकल्पिक धारका समर्थकहरूबीच थप मजबुत बनाउने संकेत दिएको छ। यो निर्णयले आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा रास्वपाको भूमिका झन् निर्णायक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.