News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित

बुधबार, असार १८, २०८२
काठमाण्डौ ।

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित बजेटलाई सर्वसम्मतिले पारित गरेको हो ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकसहित आगामी आर्थिक वर्षको बजेट सदनबाट पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

आगामी आर्थिक वर्षका लागि सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार ९३०।४९ प्रतिशत० र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख ६ हजार ९५९।२५ प्रतिशत० बजेट विनियोजन गरिएको छ ।

यसैगरी, अन्तरवित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख ९१०।२४ प्रतिशत० र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमाथि चार दिनसम्मको छलफल गरिएको थियो । छलफलमा २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । छलफलको क्रममा सत्ता र प्रतिपक्षका सांसद्हरुले बजेटको आलोचना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.