News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

जनतासँग माओवादी अभियान’ : केन्द्रले समय तालिका नपठाउँदा अलमलमा प्रदेश नेताहरू

User Photo
आइतवार, फाल्गुन ४, २०८१
काठमाण्डौ ।

 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को फागुन १२ गतेदेखि सुरु हुने हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान सञ्चालनका लागि केन्द्रले समय तालिका नपठाउँदा अलमल देखिएको छ । बैठकको निर्णयसहित माघ २७ गते माओवादीले मातहतको समितिलाई परिपत्र पठाएको थियो ।

तर अहिलेसम्म केन्द्रबाट समय तालिका सम्बन्धित प्रदेशमा नपठाउँदा अन्योल देखिएको हो । कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङले समय तालिका बनाउने विषयमा पार्टी नेतृत्वसँग छलफल भइरहेकोले बेलुकासम्म खाका आउन सक्ने जानकारी दिए । सभास्थल, कार्यविभाजन, र कामको प्रकृति सबै विषयमा निष्कर्षमा नपुगेको नेम्बाङले बताए ।

वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
‘अभियान सञ्चालनको तयारी भइरहेको छ । समय तालिकाको विषयमा निष्कर्षमा पुगेका छैनौँ । नेतृत्वसँग छलफलमै छौँ । बेलुकासम्म खाका आउँछ सक्छ’, उनले भने ।

लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केन्द्रबाट समय तालिका नआउँदा कार्यक्रमका खाका बनाउन नसकिएको जानकारी दिए । कहिले आइपुग्ने ? कति दिन बस्ने ? भन्ने विषयमा केन्द्रबाट जानकारी आए समय तालिका बनाउन सजिलो हुने भएकाले अध्यक्ष प्रचण्डसँग यसबारे छलफल भइरहेको बरालले बताए ।

‘लुम्बिनी प्रदेशमा करिब ४ किलोमिटर रुट पर्छ । रुट व्यवस्थापन, आमसभा स्थल छनोट, नेताहरूको व्यवस्थापन र बस्ने समयबारे केन्द्रबाट जानकारी आएको छैन । अध्यक्षसँग छलफल हुँदा ५/६ दिनको बनाउनोस् भन्नुभएको छ । केन्द्रबाट समय तालिका आएपछि सोही अनुसार हामी तयारी गर्छौँ’, उनले भने ।

केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले अभियान सञ्चालनको समय तालिकासहितको खाका तयारका लागि कार्यालयको बैठक बसेर निर्णय गर्ने जानकारी दिए । त्यसका लागि एक/दुई दिनमा बैठक बस्ने पुनले बताए ।

‘समय तालिका बनिसकेको छैन । सम्बन्धित प्रदेश कार्यकालको परामर्शमा कुन प्रदेशमा कसलाई जिम्मेवारी दिने ? कुन प्रदेशमा कति दिन बिताउने ? कुन कुन ठाउँमा आमसभा गर्ने ? अभियानको क्रममा के–के गर्ने ? लगायत विषयमा निर्णय लिन एक/दुई दिनमा कार्यालय बैठक बसेर निर्णय गर्छ’, पुनले भने ।

पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित तराई मधेस जागरण अभियान झापाबाट सुरु गरी कञ्चनपुरसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । माओवादीको माघ २१ मा बसेको पदाधिकारी बैठकले अभियानको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरूको परामर्शका आधारमा तय गरिने निर्णय गरेको थियो ।

माओवादीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले पूर्वपश्चिम ठुला सभामा अध्यक्ष प्रचण्ड आफै सहभागी हुने र अन्य सभामा पदाधिकारीलाई जिम्मेवारी बाँडफाँट गर्ने पौडेलले बताए । यसअघि तीन महिने अभियानकै जस्तो गरी यो अभियान सञ्चालन हुने उनले जानकारी दिए ।

‘अभियानको समय तालिका अहिलेसम्म बनेको छैन । कसरी सञ्चालन गर्ने भन्ने विषयमा सम्बन्धित प्रदेश कार्यालयसँग परामर्श भइरहेको छ । अभियान पहिलाकै जस्तो जनताका गुनासा सुन्ने, सहिद परिवारसँग भेटघाट गर्ने, स्थानीय जनता तथा कार्यकर्ताका कामसँग जोडिने, सङ्गठन विस्तार र सुदृढीकरण गर्ने काममा व्यस्त हुनेछौँ । ठुला सभामा अध्यक्ष आफै जानुहुन्छ । अन्य स–साना सभामा पदाधिकारीमा जिम्मेवारी बाँडिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.