महेन्द्रनगर, कञ्चनपुर — बजारमा घ्युको मूल्य पछिल्लो समय बढ्दो क्रममा रहेको छ। हाल घ्यु प्रतिकिलो करिब रु. १२०० देखि १६०० सम्ममा कारोबार भइरहेको छ। मूल्य वृद्धिसँगै उपभोक्तामा आर्थिक भार बढ्दै गएको छ।जानकारहरूकाअनुसार घ्युको मूल्य बढ्नुमा दूध उत्पादनमा आएको कमी मुख्य कारण मानिएको छ। विशेषगरी गाई तथा भैंसी पालनतर्फ किसानहरूको रुचि पछिल्लो समय घट्दै जानु यसका प्रमुख कारणहरूमध्ये एक हो। युवापुस्ताको वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्नु र कृषिमा श्रम अभाव हुनुका कारण पशुपालन व्यवसाय प्रभावित भएको देखिन्छ
स्थानीय किसानहरूका अनुसार पशुपालनमा लागत बढ्दै जानु, पर्याप्त बजार व्यवस्थापन नहुनु तथा सरकारी प्रोत्साहनको कमीका कारण पनि यस क्षेत्रमा आकर्षण घट्दै गएको हो। जसका कारण दूध तथा दुग्धजन्य पदार्थको उत्पादनमा गिरावट आएको छ। व्यापारीहरूका अनुसार उत्पादन घट्दा र माग यथावत रहँदा बजारमा घ्युको मूल्य स्वाभाविक रूपमा बढेको हो।
चाडपर्व नजिकिँदै जाँदा यसको माग अझ बढ्ने भएकाले मूल्यमा थप चाप पर्ने अनुमान गरिएको छ। उपभोक्ताहरूले भने दैनिक उपभोग्य वस्तुको रूपमा प्रयोग हुने घ्यु महँगो बन्दै जाँदा घरखर्च व्यवस्थापन गर्न कठिन भएको गुनासो गरेका छन्।
You sent
Sent 21m ago
Write to
