
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला अधिवेशनबाट निर्वाचित कविन्द्र ठकुल्ला नेतृत्वको कार्यसमितिलाई केन्द्रीय निर्वाचन आयोगले आधिकारिक वैधता दिएको छ।
आयोगले अधिवेशन विधिवत् रूपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै पदाधिकारी तथा सदस्यहरूको निर्वाचन परिणामलाई यथावत् सदर गरेको हो। यससँगै ठकुल्ला नेतृत्वको कार्यसमितिले औपचारिक मान्यता प्राप्त गरेको छ।
यसअघि गत २४ जेठमा सम्पन्न अधिवेशनविरुद्ध उजुरी परेपछि आयोगले तत्काल वैधता दिएको थिएन। आयोगको पछिल्लो निर्णयपछि सभापति कविन्द्र ठकुल्लाले केन्द्रको निर्णयको स्वागत गरेका छन्।

