सन्तोष धानुक:कंचनपुर, फागुन ५। रिङौना खेलकुद सम्बर्द्धन तथा संरक्षण समिति कंचनपुर भीमदत्त नगरपालिका वडा नं. ९ मा स्व. नरेन्द्र रावत स्मृति भीमदत्त नगर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सोमबार देखि सुरू भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सरकारका सदस्य माननीय प्रकाश रावल, बिशिस्ट अतिथी प्रतिनिधि सभा पुर्व सदस्य डा .दिपक प्रकाश भट्ट र भिमदत्तनगर पालिकाका उप-प्रमुख निलम लेखक जोशीको उपस्थिती रहेको थिए।
भीमदत्त नगरपालिका अन्तर्गतका १० वटा टिमको सहभागिता रहेको छ। प्रथम हुने टिमले ५१ हजार, द्धितृय टीमले २६ हजार र तृतिय टिमलाई १५ हजार नगद , प्रमाणपत्र,ट्रफी पुरस्कार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको घोषणा गरेको आयोजक मान सिह रावत,जानकारी दिएका छ्न ।
उक्त कार्यक्रममा सहाभागी भएका भिमदत्तनगरका उपमेयर निलम लेखक जोशिले वार्ड न ९ को बिकासका लागि सधै हामी खटिरहने र खेलकुद आयोजना गर्दा र खेलाडीहरुको मनोबल बढाउनका सथै पछिल्लो समयमा युवाहरु विभिन्न कुलत र दुर्ब्यसनीमा पस्दैगरेकोले यस्ता खेलकुदहरु आयोजना गरिरहदा उनिहरुको ध्यान खेलतिर आकर्षक हुने हुदा विभिन्न कुलत दुर्ब्यसनीबाट टाढा रहने बताएकी छन्।

