कञ्चनपुर: यही चैत्र ९ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गत कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा अनेरास्ववियुले आफ्नो प्यानल घोषणा गरेको छ।
अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदका उम्मेदवार दिवाकर अवस्थी, सचिव नरेश चन्द ठकुरी, कोषाध्यक्ष वकिल धामी सहित १५ सदस्यीय टोली चुनावी प्रतिस्पर्धामा उत्रिने भएको छ। संगठनले आफ्नो प्यानललाई विजयी बनाउनका लागि विद्यार्थीहरूलाई समर्थनको अपिल गर्दै व्यापक रूपमा चुनावी अभियान सञ्चालन गरिरहेको छ।
स्ववियु निर्वाचनलाई विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ। विभिन्न विद्यार्थी संगठनहरू आफ्नो उम्मेदवारी दर्ता गराउँदै चुनावी प्रतिस्पर्धामा होमिइरहेका छन्।
सिद्धनाथ विज्ञान क्याम्पसमा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको र स्ववियु निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

