News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

एक करोड धरौटी आदेश उल्टियो, पक्राउपछि भैरहवा पुर्‍याइए रवि लामिछाने

शनिबार, चैत्र २२, २०८१
काठमाण्डौ ।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति बूढानीलकण्ठस्थित उनको निवासबाट पक्राउ गरेपछि उनलाई यती एयरलाइन्सको उडानमार्फत भैरहवा पुर्‍याइएको हो ।

शुक्रबार राति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएका लामिछानेलाई शनिबार बिहान साढे ७ बजे नै विमानस्थल पुर्‍याइएको थियो । तर, विमान ढिलो गरी उडेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

लामिछानेमाथि सुप्रिम सहकारी प्रकरणमा संगठित ठगीको आरोप लागेको छ । यही प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । सोही आदेशपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यसअघि जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उच्च अदालतले उक्त निर्णय उल्ट्याउँदै उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.