चारदेशीय टी २० आई शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । शनिबार नेपाल क्रिकेट संघ ९क्यान० ले चारदेशीय टी(२० आई क्रिकेट शृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो ।
पौडेलको कप्तानीमा घोषित टिममा आरिफ शेख, कुशल मल्ल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल परेका छन् । यसैगरी, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, शाहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सनकुमार झा पनि टिममा परेका छन् ।
नेपालको टी(२० आई टिममा लोकश, बसिर र शाहबले पनि पुनरागमन गरेका हुन् । नन्दन भने पहिलोपटक राष्ट्रिय टिममा परेका हुन् । चारदेशीय टी(२० आई शृंखला चीनको सियान शहरमा अप्रिल ११ देखि १३ सम्म हुँदै छ । शृंखलामा घरेलु टिम हङकङसहित नेपाल, कतार र कुवेत सहभागी हुँदै छन् ।

