News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

गोदावरी-१० मा विकासको नयाँ गति तीव्र : वडाध्यक्ष शाहीले दिलायो जनतामा जनविश्वास

शनिबार, चैत्र २२, २०८१
काठमाण्डौ ।

अत्तरिया, -कैलालीको गोदावरी नगरपालिका(१० का वडाध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ले आफ्नो दोस्रो कार्यकाललाई पूर्ण रूपमा जनताको अपेक्षा र आवश्यकताअनुसार समर्पित गर्दै वडा विकासको गति तीव्र बनाएका छन्।

पहिलो कार्यकालमै पारदर्शी कार्यशैली र प्रतिबद्धताको कारण जनविश्वास जितेका शाही दोस्रो कार्यकालमा झनै सक्रिय भएका छन्। उनको नेतृत्वमा अहिले वडामा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, ढल व्यवस्थापन, स्मार्ट बत्ती, सरसफाइ, खुला स्थान संरक्षण तथा पार्क निर्माणजस्ता पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको स्थानीयवासीहरू बताउँछन्।

वडावासीहरूका अनुसार शाहीले विकासलाई प्रचारको विषय नबनाई परिणाममुखी बनाएका छन्। “विकास कुनै प्रचारको विषय होइन, म परिणाममै विश्वास राख्छु,” वडाध्यक्ष शाहीले बताए। उनले जनताको जीवनस्तरमा प्रत्यक्ष असर पार्ने योजनाहरूलाई प्राथमिकता दिएको जानकारी दिए।

उनको काम गर्ने शैली स्पष्टता, जवाफदेहिता र जनसहभागितामा आधारित छ। योजना छनोटदेखि कार्यान्वयनसम्म युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ, जसले दीर्घकालीन र दिगो विकासलाई सघाएको छ।

हाल वडा नं। १० लाई व्यवस्थित, सुरक्षित र समृद्ध बनाउने दीर्घकालीन दृष्टिकोणअनुसार पूर्वाधार विस्तार तीव्र गतिमा भइरहेको छ। अधिकांश टोलहरूमा ढल, नाली, बाटो, तथा बत्ती जस्ता आधारभूत संरचनाहरू निर्माण हुँदै गएका छन्।

शाहीको नेतृत्वमा गोदावरी(१० अत्तरिया क्षेत्रमै अनुकरणीय वडा बनेको छ। योजनाको प्रारम्भदेखि अन्त्यसम्म जनताको चासो र सुझावलाई समावेश गर्नु उनको नेतृत्वको मुख्य विशेषता बनेको छ।

त्यसैले पनि वडा नं। १० सुदूरपश्चिमकै उत्कृष्ट नमुना वडाका रूपमा नजिकको भविष्यमा स्थापित हुनेमा वडावासी आशावादी देखिन्छन्। रविन्द्र शाहीको योजनाबद्ध, समर्पित र उत्तरदायी नेतृत्वले विकासको एउटा नयाँ सम्भावनाको ढोका खोलिदिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.