News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

“देश एउटा सिङ्गो खसी बनिसक्यो” : नागरिकको पीडा पोख्दै राज अवस्थी

User Photo
सोमवार, चैत्र २४, २०८१
काठमाण्डौ ।

 

 

काठमाडौं

देशमा पटक–पटक शासन व्यवस्था परिवर्तन भए पनि जनताले राहतभन्दा पीडा मात्रै बोकेको अनुभूति गरिरहेका छन्। “राणा फाल्यौं, राजा पायौं, राजसंस्था फाल्यौं, गणतन्त्र पायौं, तर गणतन्त्रले थुप्रै छोटे राजा मात्रै पायौं,” भनी राजधानी काठमाडौंमा बसोबास गर्दै आएका राज अवस्थी ‘विक्षिप्त मन’ ले सामाजिक सञ्जालमा पोखेको आक्रोश अहिले भाइरल बन्दै गएको छ।

 

उनको भनाइमा, “यो देशलाई त यस्तो बनाइएको छ, मानौँ देश एउटा सिङ्गो खसी हो—खुट्टा एउटाले, फिला काटेर अर्कोले, कलेजो र मुटु अर्कैले, अनि बाँकी भुँडी जनता आफैंले भोग्नुपर्ने।”

 

अवस्थीले देशले पाउनेभन्दा गुमाउने काम बढी भएको भन्दै राष्ट्रको भूभाग, उद्योगधन्दा, सांस्कृतिक सम्पदा, र जनताको सपना सबै बिस्तारै हराउँदै गएको धारणा राखेका छन्। “मेची गुमायौं, कोसी गुमायौं, महाकाली गुमायौं, भुकम्प, बाढी र पहिरोमा मानवीय तथा सांस्कृतिक सम्पदा गुमायौं। हामीलाइ प्रकृतिले समेत ठग्यो,” उनी भन्छन्।

 

उनले भ्रष्ट नेतृत्वविरुद्ध बोल्ने व्यक्तिहरुलाई दमन गरिएको, जनताप्रति उत्तरदायी बन्नुपर्नेहरुकै संरक्षण गरिँदै आएको गुनासो गरेका छन्। “रवि, हर्क, बालेन र गोपि हमला जस्ता नेताहरुलाई कठघरामा उभ्याउने काम गरिएको छ,” अवस्थीको भनाइ छ।

 

अन्त्यमा उनी देशप्रेमको आह्वान गर्दै भन्छन्, “हामीले गर्ने र तपाईंहरुले भोग्ने समय नआओस्। आउनुहोस्, हामी देशप्रेमी बनौं।”

 

राज अवस्थी (विक्षिप्त मन), काठमाडौं

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.