News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

गाडी हिलोमा फसेपछि दाउन्नेमा सडक अवरुद्ध, यात्रु अलपत्र

शुक्रबार, चैत्र २८, २०८१
काठमाण्डौ ।

काठमाण्डौ – नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासीको दाउन्नेमा हिजो बेलुकीदेखि सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।पानी परेर हिलो भएको सडकमा गाडी फसेपछि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

प्रहरीका अनुसार अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा राजमार्ग अवरुद्ध भएको छ ।

हिलोमा फसेका गाडी निकाल्न सडकमा ग्राभेल र बालुवा राख्ने काम भइरहेको प्रहरीले जनाएको छ । अहिले पानी पर्न रोकिएर घाम लाग्न थालेकाले केहीबेरमा गाडी सञ्चालन गर्न सकिने प्रहरीको भनाइ छ ।

यो सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी रोकेर मर्मतको काम भइरहेको छ । त्यसैले हिलोमा फसेका गाडी निकाल्न सकियो भने पनि यस अवधिमा गाडी सञ्चालन गर्ने कि नगर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।

यात्रुहरु हिजो बेलुकीदेखि भोकभोकै बस्न बाध्य भएकाले आजको लागि हिजो अस्तिजस्तो सडक बन्द नगर्ने विषयमा छलफल भइरहेको दुम्किबास प्रहरीले जनाएको छ ।

राजमार्ग निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा ग्राभेल नहालेका कारण दाउन्ने–बर्दघाट खण्डको १४ किलोमिटर खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ ।

सडक विस्तार गर्न भनेर पिच भत्काएको ४ वर्षसम्म दाउन्नेमा ग्राभेल नगरेका कारण घाम लाग्दा धुलो र पानी पर्दा हिलोले समस्या हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.