News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

धनगढीको होटल सुपमा प्रहरीको छापा, १३ जना जुवाडे पक्राउ

शनिबार, चैत्र २९, २०८१
काठमाण्डौ ।

धनगढी –  धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका (३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्र सिंह बोहराले बताए ।
पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी(३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका(२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेको डीएसपी बोहराले बताए ।

यस्तै बझाङको छविस पाथिभेरा गाउँपालिका( २ ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका(६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका (१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट १ लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने ३ गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएकोछ ।
सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.