News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

रानाको मृत्युको निष्पक्ष छानबिन माग

बिहिबार, बैशाख ११, २०८२
काठमाण्डौ ।

कञ्चनपुर –  कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानालाई हत्या गरेको भन्दै निष्पक्ष छानबिनका लागि परिवारजनले माग गरेका छन् । राना मङ्गलबार बिहान जलेको अवस्थामा मृत फेला पर्नुभएको थियो ।

बिहानै घरबाट कोलकाता जान भनेर निस्किनुभएका राना बेलौरी नगरपालिका–१०, शिवनगरस्थित निर्मल शारदा आर्यघाटनजिकै उहाँ चढेको मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला पर्नुभएको थियो । रानालाई बाँधेर शरीरमा तेल छर्की आगो लगाएको भन्दै घटनाको निष्पक्ष छानबिनको हुनुपर्ने माग मृतक रानाका छोरा भुवन रानाले राख्नुभएको छ । उहाँले भन्नुभयो, षड्यन्त्रपूर्वक बुवाको हत्या गरिएको छ, दोषीमाथि कारबाही हुनु पर्छ ।”

घटना शङ्कास्पद रहेको दाबी गर्दै मृतकका परिवारले शव उठाउन मानेका थिएनन् तर प्रहरीले छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिएपछि शव उठाउन दिएको थियो । उहाँको शव अहिले कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा जलेर मृत फेला पर्नुभएका रानाको हत्या गरिएको हो या होइन भन्ने विषयमा प्रमाण सङ्कलनको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । घटनाको अनुसन्धानका लागि हालसम्म १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको एसपी जोशीले बताउनुभयो । घटनाको निष्पक्ष छानबिनका लागि प्रदेश प्रहरी कार्यालय, सिआइबी र जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानमा खटिएको छ ।

एक वर्षदेखि रानामाथि मानसिक यातना र ज्यान मार्ने धम्की आउने गरेको छोरा भुवनले बताउनुभयो । उहाँले विगतदेखि नै गाउँपालिकाका उपाध्यक्षसहितका व्यक्तिबाट बुवामाथि पटक पटक अनुदानको विषयलाई लिएर धम्की आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारबाट भैँसीपालनका लागि अनुदान आएको थियो, गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले अनुदान उपलब्ध गराएबापत कमिसन माग्नुभयो, उक्त विषय मिडियाबाजी नगर्न भन्दै उपाध्यक्षले ज्यान मार्ने धम्कीसमेत दिनुहुन्थ्यो ।” उपाध्यक्ष नाथमाथि छानबिन हुनुपर्ने उहाँले माग गर्नुभएको छ ।

तर उपाध्यक्ष नाथमाथि हाल अनुसन्धान नभएको एसपी जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, प्रमाण र तथ्य भेटेसम्म कोही पनि बाँकी रहँदैन ।

उपाध्यक्ष नाथ भैँसीपालन कृषकसँग अनुदानमा १२ लाख रुपियाँ कमिसन बुझेको भन्दै विवादमा समेत तानिनुभएको थियो । गत साउन २७ गते मृतक रानाले महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आफूमाथि असुरक्षा भएको भन्दै सरकारसँग सुरक्षाको माग गर्नुभएको थियो ।

को हुन् हरिकिसन राना

बेलडाँडी गाउँपालिका–३ का रानाले नमुना गाईभैँसीपालन कृषक समूह खोलेर व्यवसाय गर्दै आउनुभएको थियो । दुई छोरा, एक छोरी र श्रीमती गरी पाँच जनाको सानो परिवारमा बस्दै आउनुभएको थियो ।

गत वर्ष गाईभैँसी कृषक समूहका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट ७५ प्रतिशत लागत अनुदानस्वरूप ४० लाख रुपियाँ अनुदान रकम उहाँले प्राप्त गर्नुभएको थियो तर अनुदान कार्यक्रम आफूले मिलाइदिएको र १२ लाख मिलाएबापत हाकिमलाई दिनुपर्ने र चार लाख आफूलाई बहिनी सम्झेर दिनुपर्ने भन्दै बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथमाथि घुस मागेको आरोप मृतक रानाको परिवारले लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.