News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान घाइते

काठमाण्डौ ।

धनगढी – चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।

बारीमा तरबुज टिप्न गएको बेला चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष नवलसिंह रानाले जानकारी दिनुभयो । मृतककी श्रीमान २५ वर्षीय रतनसिंह राना भने घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि धनगढीतर्फ पठाइएको वडा अध्यक्षले बताउनुभयो ।

उहाँका अनुसार बारीमा श्रीमान श्रीमती दुवै जना तरबुज टिप्न जानुभएको थियो । त्यहि बेला हावाहुरीसहित पानी र चट्याङ परेको थियो । घटनास्थलमा प्रहरी पुगिसकेको वडा अध्यक्ष रानाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.