News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

डम्बरबहादुर बिक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा नियुक्त

User Photo
सोमवार, बैशाख २२, २०८२
काठमाण्डौ ।

 

 

धनगढी, बैशाख २२ – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिक नियुक्त भएका छन्।

 

प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोमा कार्यरत डीआईजी बिकको सरुवा गर्दै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएको हो। यसअघि प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत डीआईजी गणेशबहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद रिक्त रहेको थियो।

 

लामो समयदेखि प्रहरी सेवामा सक्रिय बिक साइबर अपराध अनुसन्धानमा विशेष अनुभव हासिल गरेका अधिकारी मानिन्छन्। साइबर ब्युरोमा कार्यरत रहँदा उनले डिजिटल सुरक्षासम्बन्धी विभिन्न ठूला अनुसन्धानको नेतृत्व गरेका थिए।

 

अनुशासित, कर्मठ र सक्षम अधिकृतका रूपमा चिनिँदै आएका बिकको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा र कानून व्यवस्थामा थप सुधार आउने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.