News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

अन्ततः बर्खास्तमा परे रेशमका प्रिय रामेश्वर

शुक्रबार, असार २०, २०८२
काठमाण्डौ ।

गत जेठ ४ गते पार्टी भित्रको आन्तरिक द्वन्द्वका बिच नागरिक उन्मुक्तिबाट रामेश्वर चौधरीले सुदुरपस्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीको सपथ लिएका थिए । प्रदेश प्रमुख नजिर मियाले उनलाई सपथ ग्रहण गराएका थिए । सपथ पछि मन्त्री रामेश्वर चौधरीलाई बधाई दिदै मुख्यमन्त्री कमल बहादुर शाहले भनेका थिए “खाने वालेका नाम दाने दाने पे लिखा होता है” यो भनाइको तात्पर्य थियो “खाने मानिसको नाम त प्रत्येक अन्नको दानामा नै लेखिएको हुन्छ।” तर उनै मुख्यमन्त्री शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् ।

सत्तारुढ दलको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी ४ जेठमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएको महिना दिन पुगेको थिएन, ३ असारमा मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । तर, मन्त्री चौधरीले पदबाट राजीनामा दिएका थिनन् । मन्त्री पदबाट बर्खास्त गरिदिन चुनौती दिएका चौधरीलाई मुख्यमन्त्री शाहले आज पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग्नुको पछाडि तीन कारण चर्चामा थियो । नियुक्तिमा सल्लाह नगरेको, बजेट निर्माणमा चलखेल गरेको र कृषिमन्त्री हुँदा अनुदान वितरणसम्बन्धी विवादमा मुछिएको हुँदा चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन गरिएको दिइएको बताइएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.