News7 TV
आइतवार, बैशाख ६, २०८३ | April 19, 2026 |

विद्यार्थी आन्दोलनमाथि हस्तक्षेप सह्य हुँदैन : सांसद महर

काठमाण्डौ ।

 

 

नेकपा एमालेका सांसद ऐन महर ले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनै पनि प्रयास सफल हुन नदिने बताएका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्यार्थी आन्दोलनलाई लोकतन्त्रको “पहरेदार” को संज्ञा दिँदै विद्यार्थी संगठन खारेजीको बहसलाई ‘बेतुका’ टिप्पणी गरेका हुन्।

 

सांसद महरले सरकारले अघि सारेको शासकीय सुधार प्रस्तावभित्र विद्यार्थी संगठन खारेज गर्ने आशय लुकेको दाबी गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाए। उनले यस्तो प्रयास लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको र वर्तमान सरकारप्रति आलोचना गर्दै यसलाई अलोकतान्त्रिक, अराष्ट्रिय र आयातीत चरित्रको भएको आरोप लगाए। “यो सरकारलाई राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया छैन,”

महरले विद्यार्थी आन्दोलनलाई सक्रिय बनाउन आग्रह गर्दै आवश्यकता परे आफू सांसद पदको जिम्मेवारीभन्दा माथि उठेर पनि आन्दोलनमा सहभागी हुन तयार रहेको बताए। “तपाईंहरू सडकमा आउनुस्, हामी सबै मोर्चाबाट साथ दिन्छौं,” उनले भने।

गणतन्त्र स्थापनामा विद्यार्थीहरूको ऐतिहासिक भूमिकाको स्मरण गराउँदै उनले अहिलेको व्यवस्थामा विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने बताए।

साथै, उनले संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई आन्दोलनको प्रमुख एजेण्डा बनाउन विद्यार्थीलाई सुझाव दिए।

विद्यार्थी आन्दोलन सुस्ताएकोप्रति चिन्ता व्यक्त गर्दै महरले नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरे। साथै, बदलिँदो सन्दर्भ अनुसार विद्यार्थी संगठनहरूले आफूलाई अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिँदै यसको अस्तित्वमाथि धावा बोल्ने प्रयासलाई कडाइका साथ प्रतिवाद गरिने चेतावनी समेत दिनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.