News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

शिक्षकहरू सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभयो: प्रधानमन्त्री ओली

शनिबार, चैत्र २२, २०८१
काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरू सरकारलाई विश्वास गरेर प्रदर्शन गर्न काठमाडौं आएको बताएका छन्। शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आवाज उठाए सरकारले सुन्छ भन्ने विश्वास राखेर शिक्षकहरू काठमाडौं आएको बताएका हुन्।

नत्र पहिले पहिले प्रदर्शनमा आउनु हुन्नथ्यो। प्रदर्शन गर्‍यो गर्‍यो कानमा बतास लाग्दैन भने किन गर्ने भन्ने हुन्थ्यो। अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ,’ उनले भने।

उनले सानो डेलिगेशन आएको भए पनि सरकारले सम्बोधन गर्ने बताए। ‘आइरहनुपर्ने थिएन। सानो डेलिगेशन आएको भए पनि भइहाल्थ्यो। सरकारले सुनेन कि भन्ने ‍पहिले(पहिले जस्तै ठान्नुभयो होला। अलि ठूलै जमात जानुपर्छ। यो विषय टुंगिन्छ र उहाँहरू जानुहुन्छ,’ उनले भने।

अब शिक्षकहरूको कुरा सरकारले सुन्ने प्रधानमन्त्री ओली बताए। ‘के कति गर्न सकिन्छ। कस्तो गर्न सकिन्छ भन्ने कुरा छलफलबाट टुंगिने हो। उहाँहहरूले धेरै दुःख नपाए हुन्छ। सरकारले कुनै पनि नकारात्मक दृष्टिकोण राख्दैन,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.