News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

इप्रका गोकुलेश्वरमा कार्यरत प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण

शनिबार, चैत्र २२, २०८१
काठमाण्डौ ।

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित मालिकार्जुन अस्पताल प्राली र गेटा आँखा अस्पताल कैलाली शाखा गोकुलेश्वर आँखा उपचार केन्द्र गोकुलेश्वरको सहकार्यमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

शनिवार आज इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।

शिविरमा निःशुल्क रुपमा नाक, कान, आँखा जाँच गरिनुका साथै निःशुल्क रुपमा स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि बितरण गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी हवल्दार नारायण जैशीले बताउनुभएको छ ।

मालिकार्जुन अस्पतालले यसअधि चैत्र १५ गते नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित मालिकार्जुन माध्यमिक विद्यालयमा आगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
स्वास्थ्य सम्बन्धि सचेतना र उपचारमार्फत समाजलाई सबल र सक्षम तथा निरोगी बनाउने उद्धेश्यले शिविर सञ्चालन गरिएको मालिकार्जुन अस्पतालका म्यानेजर राम दत्त बिष्टले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निःशुल्क शिविर सञ्चालन गरिदिएकोमा मालिकार्जुन अस्पताल र गेटा आँखा अस्पताल कैलाली शाखा गोकुलेश्वर आँखा उपचार केन्द्र गोकुलेश्वरलाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.