News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

धनगढीमा १७ लाख थान किताब पुग्यो, तीन लाख ६९ हजार वितरण

आइतवार, चैत्र २३, २०८१
काठमाण्डौ ।

धनगढी- सुदूरपश्चिम प्रदेशका लागि १७ लाख १६ हजार थान किताब धनगढी आएको छ। जनक शिक्षा सामाग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि आवश्यक किताब धनगढी पठाएको हो।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि १८ लाख १७ हजार थान किताब आवश्यक पर्ने अनुमान गरिएको छ। शनिवारसम्म १७ लाख १६ हजार थान किताब धनगढी पुगेको छ। जनक शिक्षा सामाग्री केन्द्रले शनिवार मात्र थप २ वटा गाडी छापाखानाबाट धनगढीका लागि पठाएको छ। काठमाडौँबाट हिँडेको गाडी धनगढी पुगेपछि माग अनुसारको किताब ढुवानीको काम पूरा हुने जनक शिक्षा सामाग्री केन्द्र, प्रादेशिक कार्यालय, धनगढीले बताएको छ।

जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले किताब बिक्री–वितरणको कामसमेत गर्दै छ। छापाखानाबाट धनगढी आएका किताबहरूलाई चैत १७ गतेबाट पहाडी जिल्लामा पठाउन थालिएको हो। जनक शिक्षा सामाग्री केन्द्र, धनगढीका प्रमुख रामविनय श्रेष्ठले बाजुरा जिल्लाबाट किताब वितरणको काम सुरु गरेको बताएका छन्। उनले बाजुरा, दार्चुला, बझाङ र बैतडी जिल्लामा किताब पठाइएको बताए। जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले बाजुराका लागि एक लाख नौ हजार २ सय ९६ थान, दार्चुलाका लागि ९५ हजार चार सय ६ थान, बझाङका लागि ७२ हजार पाँच सय ५० थान र बैतडीका लागि एक लाख एक हजार सात सय ७३ थान किताब पठाएको छ। जनक शिक्षा सामाग्री केन्द्र, धनगढीले शुक्रवारसम्म तीन लाख ७९ हजार २५ थान किताब पहाडी चार जिल्लाका लागि पठाएको हो। डोटी र अछामका लागि शनिवार किताब पठाइएको छ।

सुदूरपश्चिम प्रदेशमा सूचीकृत भएका एक सय ९४ व्यापारीहरू मार्फत जनक शिक्षाले किताब बिक्री–वितरण थालेको हो। सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्र २०८२ का लागि चैत २९ गतेसम्म जिल्लाहरूमा किताब पुर्‍याउने लक्ष्य जनक शिक्षा सामाग्रीको छ। तर, स्थानीय तहहरु तथा विद्यालयहरूले किताबको माग नगरेकाले व्यापारीहरूलाई भने समस्या भएको छ। विद्यालयको माग अनुसार व्यापारीहरुले जनक शिक्षाबाट किताब लिने गरेका छन्। विद्यार्थीको सङ्ख्या नआएकाले व्यापारीहरूले बिताब ढुवानीमा सुमेत समय लगाउदैछन्।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ का अर्थशास्त्र, एक्षिक गणित र कम्प्युटर विषय मात्र परिवर्तन भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.