News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

चिनियाँ नागरिकको शव काठमाडौं लगियो

आइतवार, चैत्र २३, २०८१
काठमाण्डौ ।

माछापुच्छ्रे-   कास्की चैत २४ गते । कास्कीको अन्नपूर्ण आधार शिविर एबिसी पुगेर फर्किने क्रममा हिम पहिरोमा परेर निधन भएका चिनियाँ नागरिकको शव काठमाडौं लगिएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउरालीस्थित चुम्रुङबाट २७ वर्षीय चेङयुअने यही चैत ११ गतेदेखि बेपत्ता हुनुभएको थियो । उहाँको १३ दिनपछि शनिबार शव फेला परेको थियो ।

सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाले चिनियाँ नागरिकको शव सिम्रिक एयरको हेलिकोप्टरमार्फत् काठमाडौंको शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभयो । प्रहरीका अनुसार शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइने छ । उहाँका आफन्तले शवलाई आइतबार चिन लैजाने तयारी गरेका छन् ।

झोला बोकेको र घोप्टो परेको अवस्थामा उहाँको शव फेला परेको थियो । उहाँको खोजीमा नेपाल प्रहरीको साथै कालिका गणका सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमान्डमा विपद् व्यवस्थापन टोली खटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.