News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

ज्वाइँले गरे ससुराको हत्या

काठमाण्डौ ।

जनकपुरधा –  जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका(१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो । विमललाई उनकै ज्वाइँ जनकपुरधाम(२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् ।
ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएक पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक बासुदेव जनकपुरधाम उपमहानगरपाकिलाका मेयर मनोज साहका आफ्नै काका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.