News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

हाफ म्याराथनको मुख्य प्रायोजक चैतन्य पाठशाला

बुधबार, चैत्र २६, २०८१
काठमाण्डौ ।

धनगढीः अब धनगढी दौडिन्छ’भन्ने नाराका साथ हुने एघारौं संस्करणको धनगढी हाफ म्याराथनको मुख्य प्रायोजक धनगढीको चैतन्य पाठशाला बनेको छ।

वैशाख १ गते आयोजना हुने हाफ म्याराथनको मुख्य प्रायोजकमा चैतन्य पाठशाला जोडिएको हो। चैतन्य पाठशालामा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रायोजन भएवाफत प्रतियोगिताको नाम चैतन्य धनगढी हाफ म्याराथन २०२५ रहने भएको छ।

धनगढी जेसिजका प्रतियोगिता संयोजक दीपक गौतम र चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। चैतन्य धनगढी हाफ म्याराथन २०२५ मुख्य प्रायोजन भए वाफत चैतन्य पाठशालाले १ हजार थान टिसर्ट र नगद ७५ हजार प्रथम पुरस्कार वाफत प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

धनगढी जेसिजले सन् २०१४ देखि नयाँ वर्षको अवसर पारेर धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ धनगढी हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आईरहेको बताउदै धनगढी जेसिजका महासचिव आशिष शाहले मुख्य प्रायोजक भएर साथ दिएकोमा चैतन्य पाठशाला परिवारप्रति आभार व्यक्त गरे।

चैतन्य पाठशाला अध्यक्ष जोशीले युवाहरुद्वारा आयोजना भैरहेको चैतन्य धनगढी हाफ म्याराथन २०२५ प्रतियोगितामा जोडिन पाउँदा निकै खुशी लागेको बताए। उनले पाठशालाले अघिल्लो बर्ष समेत १ हजार थान टिसर्ट उपलब्ध गराएको बताउदै युवाहरुद्वारा आयोजना हुने सकारात्मक जुनसुकै प्रतियोगितामा आफुले पाठशालाको तर्फबाट सक्दो सहयोग गर्ने बताए। धनगढी हाफ म्याराथन धनगढी चौराहादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढी चौराहामा पुगेर समापन हुने प्रतियोगिताका संयोजक दिपक गौतमले बताए।

संयोजक गौतमले हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने बताए । त्यस्तै प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र पत्रकारका लागि ५ किलो मिटरको दौड पनि आयोजना गरिने संयोजक गौतमले बताए । दुई वटै विधाका विजेताले नगद ७ हजार ५ सय, उपविजेताले नगद ५ हजार र तेस्रो हुनेले नगद २ हजार ५ सय प्राप्त गर्ने संयोजक गौतमले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.