News7 TV
बुधबार, असार ३, २०८३ | June 17, 2026 |

सुदूरपश्चिमसहित चार डीआईजीको सरुवा, सानुराम भट्टराई प्रदेश प्रमुखमा

User Photo
शुक्रबार, जेष्ठ २९, २०८३
काठमाण्डौ ।

नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न प्रदेश तथा विभागमा उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवा सूचीअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखमा खटाइएको छ भने ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ।
यस्तै, गोविन्द थपलियालाई मधेस प्रदेशबाट उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने ओमबहादुर रानालाई अपराध अनुसन्धान विभागमा पठाइएको छ।
यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत रहेका रानाको सरुवापछि उक्त जिम्मेवारी भट्टराईले सम्हाल्ने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.